नवौँ राष्ट्रिय खेलकुद : दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा

काठमाडौँ । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।
हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले एक सय १४ स्वर्ण, ७६ रजत र ५८ कांस्यपदकसहित कूल दुई सय ४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कांस्यपदकसहित एक सय ३५ पदक जितेको छ ।
अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४३ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कांस्य पदकसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कांस्यसहित कूल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, सात रजत छ कांस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत, २४ कांस्यसहित ३६ पदक, प्रदेश १ ले पाँच स्वर्ण २० रजत र ३४ कांस्यसहित ५९ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र २० कांस्य पदकसहित ३२ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले तीन स्वर्ण, १५ रजत र २६ कांस्यसहित ४४ र कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत, नौ कांस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् ।
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया