बझाङ दुर्घटनाका घाइतेको उपचार गर्न आर्थिक सहयोग
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १५:१६

काठमाडौँ । बझाङको मस्टा गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनाका घाइतेको उपचार गर्न छ लाख ५० हजार सहयोग उपलब्ध भएको छ ।
बिहीबार कार्यपालिकाको बैठक बसेर मृतकप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाले तीन लाख, तल्कोट गाउँपालिकाले दुई लाख र साइपाल गाउँपालिकाले एक लाख ५० हजार सहयोग उपलब्ध भएको जानकारी दिइएको हो ।
मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा बुधबारदेखि घाइतेको उद्धारमा खटिएका थिए । बुधबार साँझ साढे ४ बजे मस्टा १ डुग्रीबाट भातेखोला जाने क्रममा तुफानडाँडानजिकै सुपप्र ००१ च ११७ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।
घटनामा १८ जना घाइते भएका थिए । जिप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको थियो ।
सम्बन्धित
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया