शनिबार, वैशाख १९, २०८३

युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदै

मेरोन्यूज २०७९ कार्तिक ५ गते २१:३९

काठमाडौँ । रूसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युतको प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले शनिबार एएफपीलाई बताएको छ ।

Advertisement
NiccNicc

“हामी नागरिक र व्यवसायहरू दुवैप्रति आभारी छौं । नागरिकले घरमा आफ्नो विद्युत खपत कम गरेका छन् र उद्योग, फर्म तथा कार्यालयहरूले आफ्नो कार्यालय र कार्यस्थलमा यस्तै गरिरहेका छन् । हामीले विभिन्न क्षेत्रमा बचत देख्छौं र विभिन्न दिनमा स्वेच्छिक उपभोगमा कमीको स्तर औसतमा पाँच देखि २० प्रतिशतसम्म हुन्छ,” युक्रेनका प्रमुख भोलोडिमिर कुद्रित्स्कीले एएफपीसँगको लिखित प्रतिक्रियामा उल्लेख गरे ।

युक्रेनको ऊर्जा प्रणालीका लागि यी ‘महत्वपूर्ण मात्रा’ भए तापनि ती क्षेत्रका लागि पर्याप्त थिएनन् । जहाँ, पूर्वाधारले ‘सबैभन्दा बढी क्षति बेहोरेको’ थियो । त्यसैले युक्रेनी ती क्षेत्रले ‘जबरजस्ती प्रतिबन्धहरू’को सहारा लिनु परेको छ ।

रुसी सेनाले हालैका दिनहरूमा विशेष गरी युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको छ, जसमा शनिबार बिहान देशभरि पछिल्लो आक्रमण भएका छन् ।

कुद्रित्स्कीले अक्टोबर १० र १२ मा भएको आक्रमण ‘युरोपेली इतिहासको ऊर्जा प्रणालीमाथिको सबैभन्दा ठूलो आक्रमण’ भएको बताए ।

क्रिमियन प्रायद्वीपलाई रुससँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पुर्याएको विस्फोटको प्रतिशोध स्वरूप रूसी सेनाले अक्टोबर १० मा युक्रेनका विभिन्न शहरमा ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको कीभले जनाएको छ । कुद्रित्स्कीले भने, “शत्रुको एउटै लक्ष्य जनतामा त्रास छर्ने, ऊर्जा कर्मीहरूलाई तर्साउने, ऊर्जा प्रणालीलाई सङ्कटको स्थितिमा ल्याउने रहेको छ ।”

प्रतिक्रिया