यी हुन् चिनियाँ कम्युनिस्ट पार्टीका सात सदस्यीय स्थायी समिति

काठमाडौं । चीनका सर्वोच्च नेता राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षका लागि पार्टीको सात सदस्यीय स्थायी समिति सार्वजनिक गरेका छन्। आफ्नो तेस्रो कार्यकालका लागि सीले उदाउँदा नेताहरु ली चियाङ, ली सी, तिङ सुइसियाङ र काइ चीलाई स्थायी समितिमा बढुवा गरेका हुन्।
त्यस्तै वाङ हुनिङ र चाओ लेची पनि स्थायी समितिमा छन्। यी नयाँ अनुहारलाई स्थायी समितिमा ल्याएर सीले आफ्नो तेस्रो कार्यकालको आधार तयार गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सकिएको भोलिपल्ट आज आइतबार यी नेताहरुलाई सीले ग्रेट हल अफ द पिपुलमा पत्रकार सम्मेलनमा ल्याएका हुन्।
सिन्ह्वाका अनुसार पार्टीको वरीयताक्रम यसप्रकार छः महासचिव सी, ६९, ली चियाङ, ६३, चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ,६० र ली सी ६६ छन्।
राष्ट्रपति पछिको वरियतामा रहेका ली चियाङ अब चीनको नयाँ प्रधानमन्त्री बन्ने छन्। काइ ची पार्टी सचिवालयको प्रथम सचिव अर्थात् पार्टी सञ्चालनको काम उनले गर्नेछन् ।
तेस्रो वरियताका चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात्, संसदको अध्यक्ष हुनेछन्। वाङ हुनिङ सल्लाहकार समितिको अध्यक्ष हुनेछन्।
ली सी भ्रष्टाचारविरोधी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनका प्रमुख हुनेछन्।















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया