प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आईतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई
निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिए । । उनले गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिए।
उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे । यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनको भनाई छ ।
महानिरीक्षक सिंहले चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पारे ।
उनलेभने, ‘नेतृत्व विकास प्रहरी निरिक्षक तालिमको अभिन्न अंग हो । यो तालिमले तपाईलाई नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको मैले विश्वास गरेको छु । चेन अफ कमाण्ड नेपाल प्रहरीले अवलम्वन गर्दै आएको महत्वपूर्ण प्रोफेशनल कल्चर हो । चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर छ । व्यवसायिकता, उत्कृष्टता, निष्ठा र इमान्दारीको उच्चतम स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रश्तुत गर्न म निर्देशन गर्न चाहन्छु ।’
उनले प्रविधिजन्य समस्याहरु समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे । उनले साइबर क्राइम, क्रिप्टो करेन्सी लगायत आर्थिक अपराधहरु बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन दिए । अपराधहरुमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाहीगर्ने दायित्व वहन गर्न उहाँले प्रहरीहरुलाई आग्रह गरे । उनले प्रहरीले नागरिकको जायज र कानूनसम्मत अपेक्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताए। प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उनले आग्रह गरे ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया