विद्यालयमा आगलागी हुँदा एघार बालबालिकाको मृत्यु

युगान्डा । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुखद घटना भएको हो ।
आगलागीको कारण हालसम्म थाहा भएको छैन् । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको ती छ जना उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।
युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुदाँ चार बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०१८, मध्य युगान्डाको एक उच्च माध्यामिक विद्यालयमा आगलागी हुदाँ कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया