जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मेरोन्यूज
२०७९ कार्तिक ९ गते १७:०६

काठमाडौं । भक्तपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय रामचन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको हो ।
अर्घाखाँची, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमिकास्थान नगरपालिका-६ बराहचौर बस्ने ५९ वर्षीय नुम बहादुर पुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई पुनले सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया