प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

पोखरा । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।
गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो ।
गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।
यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया