अष्ट्रेलियाको हवाई अड्डामा बमवर्षक विमान पठाउँदै अमेरिका

न्युयोर्क । अमेरिकाले उत्तरी अष्ट्रेलियाको हवाई अड्डामा ६ वटा आणविक क्षमता भएका बी–५२ बमवर्षक विमानहरू पठाउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)का अनुसार वासिंगटनले अष्ट्रेलियाको उत्तरी क्षेत्रको डार्विन शहरबाट करिब ३०० किलोमिटर (१८५ माईल) दक्षिणमा रहेको टिन्डल एयर बेसमा विमानका लागि समर्पित सुविधाहरू निर्माण गर्ने विस्तृत योजना बनाएको छ ।
अष्ट्रेलियाको रक्षा विभागले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन । तर, अमेरिकी वायुसेनाको भनाइ उदृत गर्दै एबीसीले लेखेको छ, ‘अष्ट्रेलियामा बमवर्षकहरू तैनाथ गर्ने क्षमताले घातक वायु शक्ति प्रक्षेपण गर्ने हाम्रो क्षमताको बारेमा हाम्रा विरोधीहरूलाई कडा सन्देश पठाउँदछ ।’
विश्लेषकहरूले एबीसीलाई भनेका छन् कि यो कदम चीनको लागि एक चेतावनी हो । चीनले ताइवानको स्वशासित टापुमा आक्रमण गर्न चेतावनी दिँदै आएको छ ।
नयाँ अमेरिकी सुरक्षा केन्द्रका बेक्का वासेरले भने, ‘मुख्य भूमि चीनमा पुग्न सक्ने र सम्भावित रूपमा आक्रमण गर्न सक्ने बमवर्षकहरू चीनलाई ताइवानमाथिको कुनै पनि कार्यले थप विस्तार गर्न सक्ने संकेत पठाउन धेरै महत्वपूर्ण हुन सक्छ । ’एजेन्सी











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया