इटावन भागदौडमा कोरियाली अभिनेताको निधन

काठमाडौं । कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् ।
स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको पुष्टि गरेका छन् ।
जिहानको परिवारले आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ । ‘हामी अहिले शोकमा छौं । यस कारण हामी सतर्क छौं । भगवान जिहानलाई शान्ति दिउन ।’ परिवारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए । उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए ।
उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए ।
शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृत्यु भएको थियो । यो घटना सोलको इटावनमा भएको थियो ।एजेन्सी











छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया