इटावन भागदौडमा कोरियाली अभिनेताको निधन

काठमाडौं । कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् ।
स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको पुष्टि गरेका छन् ।
जिहानको परिवारले आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ । ‘हामी अहिले शोकमा छौं । यस कारण हामी सतर्क छौं । भगवान जिहानलाई शान्ति दिउन ।’ परिवारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए । उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए ।
उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए ।
शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृत्यु भएको थियो । यो घटना सोलको इटावनमा भएको थियो ।एजेन्सी
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया