मंगलबार, माघ १३, २०८२

सन्दीप लामिछानेसँगको बयान सकियो, भोलिदेखि बहस हुने

मेरोन्यूज २०७९ कार्तिक १५ गते १८:१०

काठमाडौँ । नाबालिमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान सकिएको हो ।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दायर भएको थियो । आज सन्दीपको बयान भएको हो । दाहालका अनुसार भोलिदेखि थुनछेक बहस हुने भएको छ ।

सन्दीपमाथि गत ५ भदौमा काठमाडौँको एक होटलमा पुर्याएर १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध भन्दै २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको हो ।

प्रतिक्रिया