अदालतद्वारा बलात्कार र यौन दुर्व्यवहारका घटनामा ‘दुई औंला’ परीक्षणमा प्रतिबन्ध

नयाँ दिल्ली ।अर्को प्रगतिशील कदम चाल्दै भारतको सर्वोच्च अदालतले बलात्कार र यौन दुर्व्यवहारका घटनाहरूमा अमानवीय ’दुई औंला परीक्षण’ को प्रयोगलाई निषेध गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डीवाई चन्द्रचुड र न्यायमूर्ति हिमा कोहलीको इजलासले यस्तो प्रथा जारी रहनु ‘खेदजनक’ रहेको जनाएको हो । ‘अदालतले पटक पटक बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेका मुद्दाहरूमा दुई औंला परीक्षणको प्रयोगलाई अस्वीकार गरेको छ। तथाकथित परीक्षणको कुनै वैज्ञानिक आधार छैन ’, फैसलामा भनिएको छ ।
परीक्षणले महिलालाई पुनः पीडित र पुनः आघात गरेको भन्दै अदालतले अगाडि भनेको छ, ‘दुई औंला परीक्षण गर्न हुँदैन ’ फैसलामा अगाडि भनिएको छ, ‘यौन सक्रिय महिलालाई बलात्कार गर्न सकिँदैन भन्ने गलत धारणामा यो परीक्षण आधारित छ। सत्यबाट थप केही हुन सक्दैन ।’
इजलासले परम्परागत अभ्यासलाई ’पितृसत्तात्मक’ र ’लैंगिक’ भनेको छ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
प्रतिक्रिया