रेडमीको पहिलो प्याड नेपालमा उपलब्ध, यस्ता छन् विशेषता

काठमाडौं । नेपालको अग्रणि स्मार्टफोन कम्पनी साओमीले नेपालीबजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीकोरेडमी सबब्रान्ड अन्तर्गतको पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यकफिचरहरु समावेश भएको साओमीले जनाएको छ ।
लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाज्ले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदाहामीएकदमै उत्साहित छौँ । सुपथमुल्यमाआधुनिक ट्याब्लेटको अनुभवलिनचाहने मानिसहरुलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएकाहौँ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जकोरिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथभ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा कामगर्न, पढ्न् अथवामनोरन्जनकै लागिप्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । .2K रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ । साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ ।”
अद्वित्तिय अडियो भिजुअल अनुभव
१०.६१ इन्चको डिस्प्लेमा ९० हर्जकोरिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथभ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । भिजुअल ल्याटेन्सी कमभएकोले यसमाब्राउजिङ, स्क्रोलिङ र गेमिङको कामहरु अत्यन्तै छरितो रुपमा हुन्छ । टियुभि रेन्ल्यान्डको लो लाइट सर्टिफिकेसन प्राप्तभएकोले यस ट्याब्लेटमा धेरै समय स्क्रिनमा हेर्दा पनिआँखापोल्ने,दुख्ने समस्याहुँदैन । साथै यो एसजिएस लो भिजुअल फटिग सर्टिफिकेसन प्राप्त गर्ने विश्वकै पहिलो ट्याब्लेट हो ।
त्यस्तै डल्बी एट्मसको क्वाड कोर स्पिकरले गर्दा यस डिभाइसको अडियो पनिउच्च स्तरको छ । ग्रुुपकलगर्न होस् या जमघटको रमाइलोमामनोरन्जनलिनहोस्,इयर्फोनमा सुन्दाहोस् अथवा स्टेरियो स्पिकरमा सुन्दाहोस्, यसको अडियो उच्च स्तर गुणस्तरको छ ।

त्यस्तै यसको ८ एमपिको अल्ट्रा वाइड फ्रन्ट क्यामराग्रुुप भिडियो कलको लागिअत्यन्तै उपयुक्त छ । यस्तै यसमाभएको फोकस फ्रेम टेक्नोलोजीले क्यामरा अगाडि धेरै मान्छेहरु देखिनासाथआफँै वाइडर भ्युमा स्विच हुन्छ जसले गर्दा सबै जना भिडियो फ्रेमको बिचमा रहन सजिलो हुन्छ ।
पावरफुल प्रोसेसर र स्मुथ पर्फर्मेन्स
मेडिया टेक हेलियो जि ९९ प्रोसेसरले यो ट्याब्लेटलाई भर्सटाइल बनाउनुको साथै प्रयोगकर्ताहरुलाई स्मुथएक्स्पिरियन्स प्रदान गर्छ । ६ एन्एम्को प्रभावकारी प्रोसेसरले एपहरु चलाउन र अन्यकामहरु गर्न अत्यन्तै सरल र छरितो बनाएको छ । उत्कृष्ट पर्फर्मेन्स र उच्च ब्याट्रि ब्याकअपले गर्दा यो ट्याब्लेट चलाउने प्रयोगकर्ताहरुले हाइ एन्ड ट्याब्लेट चलाएको अनुभवलिन सक्नेछन् । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा कामगर्न, पढ्न् अथवामनोरन्जनकै लागिप्रयोग गर्दा पनिदिनभरी चलाउन सकिन्छ ।
दिनभरी टिक्ने शक्तिशाली ब्याट्रि
१८ वाटको फास्ट चार्जिङ र २२.५ वाटको इनबक्स चार्जरले गर्दा लगातार गेम खेल्न मुभी हेर्न र लामो फोटो शूटको लागिपनि सजिलो बनाएको छ ।
स्लिक र स्टाइलिश
तुलनात्मक रुपमाकममुल्यमा नै उपलब्धभएपनिउच्च गुणस्तरीय मेटल युनिबडी डिजाइनले यसलाई अझै उत्कृष्ट बनाएको छ । प्रिमियम बिल्ड क्वालिटीले यो ट्याब्लेटको इन ह्यान्ड फिलअत्यन्तै सजिलो हुनुको साथै आधुनिकतरिकाले बनाइएको हाइ एन्ड ट्याब्लेटको जस्तै अनुभवलिन सकिन्छ ।
यो ट्याब ग्राफाइट ग्रे, मुनलाइट सिल्भर र मिन्ट ग्रिन रंगहरुमाउपलब्ध छ । ६/१२८ जिबिको स्टोरज अप्सनमाउपलब्ध यो ट्याब्लेटको मुल्य ३४,९९९ रहेको छ । रेडमी ट्याबयहीकार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध छन् ।

















गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
कालीमाटीमा गोलभेँडा किलोको ५०, गाजरकाे २५ ,अन्य तरकारीको कति ?
काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रतिक्रिया