धनगढीमा सडक क्षेत्रभित्र पर्ने संरचाना हटाउन थालियो
मेरोन्यूज
२०७९ कार्तिक १६ गते १८:५०

धनगढी । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ ।
बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।
बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो । तर हालसम्म पनि कसैले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफैँ सरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए ।
‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’
सम्बन्धित
















Gold price hits Rs 309 thousand per tola
सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
भारत–युरोप व्यापार सहमति ऐतिहासिक
फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया