लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ
बुटवल ।अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।
रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले मायादेवी गाउँपालिका ७ भन्सारचोकबाट भारतीय सीमाबाट नेपाल फर्कंदै गरेका यूपी ५५ एन ६३४६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सम्मरीमाई ७ का २१ वर्षीय तुल्सी लोध, पछाडि सवार सोही स्थान र उमेरका शनिकुमार मिश्र र भारतको सिद्धार्थनगरका १९ वर्षीय पवनकुमार हरिजन बुधबार पक्राउ गरिएको बताए ।
उनीहरूको साथबाट डाइजापाम ९१ एमपुल, फेनरागन ७६ एमपुल, टालजेसिक २२ एमपुल गरी १ सय ८९ एमपुल लागूऔषध बरामद भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट लु ७३ प ८८९२ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको मायादेवी गाउँपालिका ३ का ३१ वर्षीय अल्ताप हुसेन मुसलमान पक्राउ परेका छन् । उनीहरूबाट खैरो हिरोइन ५३.२५ ग्राम बरामद भएको उनको भनाइ छ ।
















राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया