सूचना प्रविधि प्रतियोगिता ‘ह्याकाथन’ सुरु
चितवनमा आजदेखि सूचना प्रविधि प्रतियोगिता ‘ह्याकाथन’ सुरु भएको छ । युनाइटेड टेक्निकल कलेज र युनाइटेड टेक क्लब भरतपुर–११ को सयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा देशभरबाट सूचना तथा प्राविधिसँग सम्बन्धित इन्जिनियरिङ कलेजका विद्यार्थीले सहभागिता जनाएका छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा विद्यार्थीले हार्डवेयर र सफ्टवेयरको विकास गर्नेछन् । नेपालका आठवटा कलेज र दुईवटा कम्पनीका ३० जना प्रतियोगितामा सहभागी भएको युनाइटेड टेक्निकल कलेजका विभागीय प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो हुनेले ३० हजार नगदसहितको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको भरतपुर महानगरका उपप्रमुख चित्रशेन अधिकारीले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले सूचना प्रविधि बिना समाजको रुपान्तरण सम्भव नभएको बताउनुभयो । सूचना प्रविधिमा आएको विकासमा केन्द्रित रहेर देश विकासमा जुट्नुपर्ने उहाँको भनाइ छ । भोलिको नेपाललाई मार्ग निर्देशन गर्न ह्याकाथन प्रतियोगिता प्रभावकारी हुनेमा अधिकारीले विश्वास व्यक्त गर्नुभयो । देशभित्र स्मार्ट सिटी बनाउन सूचना प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
“पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकासको गति हामीले कल्पना गरेको भन्दा पनि धेरै भएको छ”, उपप्रमुख अधिकारीले भन्नुभयो, “यो नेपाल र नेपालीका लागि साह्रै खुसीको कुरा हो ।” उक्त ह्याकाथनमा सहभागी प्रतियोगीहरुले शिक्षा, चिकित्सा, साइबर सुरक्षा, कृषि, पर्यटन, जोखिम व्यवस्थापन, बित्त, कृत्रिम बुद्विमत्ता, वैकल्पिक ऊर्जा र ग्रामीण विकाससँग सम्बन्धित क्षेत्रहरुमा विद्यमान रहेका समस्याहरुको समाधान गर्न कोडिङमार्फत तीन दिनभित्र प्रोजेक्ट तयार गर्नेछन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया