रु ४० लाख जरिवना ठहर भएका दाहाल पक्राउ
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट रु ४० लाख जरिवाना ठहर भएका कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–६ का भएका ५१ वर्षीय राममणि दाहाललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीले बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र जरिवाना ठहर भई फरार रहेका दाहाललाई धादिङको गल्छीबाट पक्राउ गरेको हो । कामरु कन्स्ट्रक्सन प्रालिका सञ्चालक दाहालले विसं २०७७ मङ्सिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
पक्राउ दाहाललाई आज जिल्ला अदालत पाटनको आदेशानुसार कैद भुक्तानका लागि नख्खु कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया