महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी
मेरोन्यूज
२०७९ कार्तिक १७ गते १४:११

एएफसी यु–२० (२० वर्षमुनि) उमेर समूहको महिला एशियन कप छनोट खेलमा नेपाल समूह बी मा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो । नेपालको समूहमा प्यालेष्टाइनल, संयुक्त अरब इमिरेट्स (युएई) र नर्दन मारियाना आइल्याण्ड छन् । समूह बी को खेल प्यालेष्टाइनले आयोजना गर्नेछ । उक्त खेल आगामी मार्च ४ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ ।
छनोट खेलमा सहभागी ३१ राष्ट्रका खेलाडीलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन् । दोस्रो चरणमा उत्कृष्ट हुने चार टोलीले सन् २०२४ को मार्च ३ देखि १६ तारिखसम्म उज्वेकिस्तानमा आयोजना हुने यु–२० महिला एशियन कपमा सहभागिता जनाउनेछन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया