मंगलबार, माघ १३, २०८२

नक्कली करारनामा बनाएर साढे चार करोड ठग्ने युवक पक्राउ

मेरोन्यूज २०७९ कार्तिक १७ गते १७:३२

काठमाडौँ । नक्कली करारनामा बनाई नगद चार करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १७ घर भई सोही महानगरपालिका १४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अुसार नौसद अन्सारी समेतले काठमाडौँ महानगरपालिका १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा कीर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा उक्त नक्कली करारनामा पेश गरेका थिए ।

उनकले नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रा.लि. नामक कम्पनी दर्ता गरेर उक्त होटलमा लगानी गर्नका लागि भन्दै पटकपटक रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई वीरगञ्ज महानगरपालिका ८ प्रतिमा चोकबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया