एनएमबि बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच समझदारी
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।
यस सहकार्यअन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायका लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवद्र्र्घन गर्नेछ ।
समझदारीअनुसार पाँच वर्षमा १८.९ मिलियन अमेरिकी डलरको सहयोग हुने भएको छ । जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकिर्कत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पु¥याउँदछ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

















‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
कांग्रेसले डाक्याे केन्द्रीय समिति बैठक
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया