राधी विद्युतको हकप्रद सेयर बाँडफाँट, १३ लाख कित्ता लिलामीमा आउने
मेरोन्यूज
२०७९ कार्तिक १८ गते १०:२२

काठमाडौं । राधी विद्युत कम्पनीले १ः१.४७५२ अनुपातमा बिक्री गरेको हकप्रद सेयर बिहीबार बाँडफाँट गरेको छ ।
कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । यसआधारमा, कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ । यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम आइतबार कात्तिक २० गते देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ ।
सम्बन्धित

















केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिक्रिया