देशैभरका डिजिटल स्टार्टअप र इन्नोभेसन एकै ठाउँमा

काठमाडौँ । लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प’ शुक्रबारदेखि सुरू भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा भएको कार्यक्रममा स्टार्टअप र इन्नोभेसन सम्बन्धि सय बढी स्टलहरु रहेका छन् ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौँको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । द स्क्वाड अफ चेन्ज मेकरले सोहि स्थानमा रकेट प्रदर्शनी तथा स्टिम ल्याम्प पनि आयोजना गरेको छ । कार्यक्रमको पहिलो दिन ८ हजारबढिले अवलोकन गरेका छन् ।
शुक्रबार बिहान आयोजित एक कार्यक्रममा ड्रोनबाट पुष्पवृष्टि गर्दै फेस्टको उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, विशिष्ट अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो ।
त्यस्तै अतिथिको रूपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेल लगायत सरकारी निकायका उच्च व्यक्तित्व र निजी क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले इन्नोभेसन र प्रविधिको क्षेत्रमा नेपाल कमजोर नरहेको तर प्रोत्साहनको आवश्यकता रहेको बताए । स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न मन्त्रालय सधैं तयार रहेको जानकारी दिए । फेस्टमा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै संयोजक लम्सालले देशभरका युवाले विकास गरेका स्टार्टअप र इन्नोभेसन देखाउन तथा यसको इकोसिस्टम विकास गर्न स्टार्टअप तथा आईडिया फेस्ट आयोजना गरिएको बताए ।
त्यस्तै पूर्व मन्त्री साहले राजनीतिले गर्न नसेकेको क्रान्ति सूचना प्रविधि क्रान्तिले गर्ने बताए । उनले स्टार्टअपलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रम देशका १६५ वटै निर्वाचन गर्न सके उत्तम हुने पनि बताए । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् ।
कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ समेत गर्न सकिने छ । विद्युतीय भोटिङ मेसिनबाट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १२ मध्येबाट आफुलाई राम्रो लाग्ने कम्पनी, प्रडक्ट वा आईडियालाई भोट गर्न सकिने बताइएको छ । फेस्टमा रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि विद्युतीय भोटिङ मेसिन राखेको छ ।
यसका अतिरिक्त स्टिम क्याम्प पनि आयोजना भइरहेको छ । स्टिम क्याम्पका लागि द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्य गरेका छन् । निःशुल्क अवलोकन गर्न सकिने स्टार्टअप फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिननै स्टार्टअप एण्ड आईडिया फेस्टमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ । कार्यक्रम शनिबारसम्म संचालन हुनेछ ।
फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भइरहेका छन् । फेस्टबाट नेपाल टेलिकमले ई सिम समेत वितरण गरिरहेको छ । फेस्टमा आएर प्रयोगकर्ताले ई सिम लिन सक्ने छन् । फेस्टमै टेलिकमको टुजी, थ्रीजी सिमलाई निःशुल्क फोरजीमा रूपान्तरण गर्न सकिने छ ।
यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।

















केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिक्रिया