श्रीलङ्कामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

काठमाडौँ । श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।
तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।
गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलङ्कामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत बर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो ।
















राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया