नेदरल्यान्ड्सँग पराजित दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएसँगै आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह टु बाट दक्षिण अफ्रिकाको सेमिफाइनल पुग्ने सपनामा धक्का लागेको छ ।
दक्षिण अफ्रिका पराजित भएसँगै भारत एक खेल बाँकी हुँदै सेमिफाइनलमा पुगेको छ । भारत ४ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ५ अंक छ । तेस्रो र चौथो स्थानको पाकिस्तान र बंगलादेशको समान ४ अंक छ । यी दुई टोली आज हुने खेलमा आमने सामने हुँदैछन् । भारत एक खेल अगावै विजेताको रुपमा सेमिफाइनल प्रवेश गर्दा उपविजेताका दौडमा बंगलादेश र पाकिस्तान रहेका छन् । यो खेल जित्ने टोली अन्तिम चारमा प्रवेश गर्नेछ ।
नेदरल्यान्ड्ले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४५ रनमा समेटियो । दक्षिण अफ्रिकाका राइली रोसोले सर्वाधिक २५, कप्तान टेम्बा बभुमाले २० र हेनरिक क्लासेनले २१ रन जोडे । नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले ३, फेड क्लासेनले २ तथा पाउल भान मिकेरिन र बास डीले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५८ रनको योगफल खडा गरेको थियो । नेदरल्यान्ड्सका कोलिन एकेरमनले २६ बलमा ३ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन जोडे । त्यस्तै ओपन स्टेभन माइबर्गले ३७ रन जोडे । दक्षिण अफ्रिकाका केशब माहाराजाले २ विकेट लिए ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया