पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो।
उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए।
सान मसुदले नटआउट रन बनाए। बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिए।
त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियोर।
उसका लागि ओपनर नाजमुल हुसेन शान्तोले अर्धसतकीय इनिङ्स खेले। ४८ बल खेलेका उनले ७ चौकासहित ५४ रनमा आउट भए।
पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ।
नेदरल्याण्डको जितले एक खेल अगावै भारत समुह ‘२’ बाट सेमिफाइनल पुगेको छ। अन्तिम खेलमा भारतले आज जिम्बाब्वेलाई पराजित गरे समूह विजेताको रुपमा सेमिफाइनल पुग्नेछ।
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया