बुधबार, चैत ४, २०८२

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

मेरोन्यूज २०७९ कार्तिक २० गते १७:२२

काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेजले यसपटक पनि ‘हल्ट प्राइजको आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्टअपको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।

यस कार्यक्रममा मुख्यतः चार चरण हुन्छन् । जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन् । यी चरण पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन् । विजेताले लगानीको लागि एक मिलियन डलर प्राप्त गर्नेछन् ।

हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो । जुन हरेक वर्ष विश्वविद्यालय स्तरका विद्यार्थीका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’रहेको छ ।

यसअघि हल्ट प्राइज फाउण्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गर िसहभागी हुन पठाएको थियो ।

द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्। उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन्। समितिले कार्यक्रमको तयारी थालिसकेका छन् ।

तयारी स्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरूसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो । साथै, सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय समेत गरेको छ ।

निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरूले तीनदेखि पाँच सदस्यहरूको टोली बनाउन सक्ने छन् । टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्ने छ तथापि, एक जना सदस्य भने अर्को संस्थाको हुनसक्ने छन् ।

प्रतिक्रिया