बुधबार, चैत ४, २०८२

भिभो बन्दै नेपालको लोकप्रिय स्मार्टफोन ब्राण्ड

मेरोन्यूज २०७९ कार्तिक २० गते १७:४९

काठमाडौँ । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभो, नेपालमा छोटो समय अवधिमै देशको लोकप्रिय स्मार्टफोन ब्राण्ड बनेको छ । आफ्नो ग्राहक केन्द्रित दृष्टिकोणलाई पछ्याउँदै भिभो सधैं नवीन प्रविधिद्वारा ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न प्रयासरत छ ।

Advertisement
nepal life insurencenepal life insurence

उत्कृष्ट क्यामेरा क्षमता, तीव्र चार्ज हुने टेक्नोलोजी, अत्याधुनिक डिजाइन लगायतमा नवीन प्रविधिमार्फत भिभोले आकर्षक विशेवषताहरु प्रदान गर्दै आइरहेको छ । ब्राण्डको मुख्य फोकश भनेको ग्राहकको आवश्यकतामा केन्द्रित रहेर उनीहरूका लागि अझ उत्कृष्ट प्रविधिको विकास गर्न निरन्तर लागि पर्नु हो ।

‘नेपालमा भिभोले छोटो समयमा यति धेरै उपलब्धि हासिल गरेको देख्दा खुशी लाग्छ, भिभोमा, हामी निरन्तर देशमा उत्कृष्ट प्रविधिहरू र अत्याधुनिक विशेषता भएका स्मार्टफोनहरू ल्याएर उपभोक्ताको मागहरू पूरा गर्दै आइरहेका छौँ,’ भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘हाम्रा ग्राहकहरू, च्यानल साझेदारहरू, वितरकहरू र खुद्रा बिक्रेताहरूले हामीलाई दिनु भएको माया र निरन्तर सहयोगका लागि कृतज्ञ छौँ ।’

भिभोले आफूलाई अभिव्यक्त गर्न र फ्यानहरूलाई पनि त्यसमै उत्प्रेरित गर्न नेपालमा सँधै सक्रिय रूपमा अभियानहरू सञ्चालन गर्दै आएको छ । “भी आर गर्जियस” अभियानअन्तर्गत भिभोले प्रयोगकर्तालाई “सेयर योर गर्जियस स्टोरी” नामक प्रतियोगिता मार्फत आफ्नो रुपान्तरणको यात्रा शेयर गरेर अरुलाई पनि हौसला प्रदान गर्न उत्प्रेरित गरेको थियो ।

यसैगरी, “भिभोटाइन फोटोग्राफी प्रतियोगिता” मार्फत, ब्रान्डले फ्यानहरूलाई आफुलाई विशेष लाग्ने तस्वीर क्लिक गरेर फोटोग्राफीको सृजनात्मक प्रतिभालाई बाहिर निकाल्ने प्लेटफर्म दिएको थियो ।

नेपाली प्रयोगकर्ताप्रति कृतज्ञता प्रकट गर्न भिभोले दशैं अभियान लगायत चाडपर्व अफर र अन्य अभियानहरुमार्फत धेरै अफर र छुटहरू पनि प्रदान गर्दै आइरहेको छ । भिभोले एकतामा विश्वास गर्छ र हरेक दिनलाई उत्सवको रुपमा लिन्छ । साथै, चाडपर्वहरूमा विशेष अफरहरू मार्फत, भिभोले मानिसहरूलाई सबैमा खुशी र प्रेम फैलाउन प्रोत्साहित गर्दछ ।

भिभोले नेपालमा उत्कृष्ट स्मार्टफोन अनुभवहरू प्रदान गर्न आफ्नो नवप्रवर्तन–नेतृत्वको दृष्टिकोणबाट अवसरहरू पहिचान गरी चुनौतीहरू पार गर्दै अगाडि बढ्ने आशा राखेको छ । नेपाली प्रयोगकर्ताहरुले देखाएको निरन्तर माया र समर्थनका कारण आज भिभो देशकै लोकप्रिय स्मार्टफोन ब्रान्ड बनेको छ ।

प्रतिक्रिया