पाकिस्तानमा डाँकुको आक्रमणमा ७ प्रहरीको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक २० गते १८:२९
काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाँकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
दर्जनौँ अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात प्रहरी अधिकारीको हत्या भएको हो । घटनामा २० जनालाई अपहरण गरेका छन् ।
केही दिनअघि अपहरणमा परेका कैयौं व्यक्तिको रिहाइका लागि अपराधीविरुद्ध अभियान चलाउन उक्त क्षेत्रमा शिविर स्थापना गरिएको हो ।
घटनालगत्तै ठूलो सङ्ख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ । घटना भएको क्षेत्र थोरै जनसङ्ख्या भएको ठाउँ हो भने लुटपाट अपहरण, फिरौती लगायतका आपराधिक गतिविधिमा संलग्न डाँकुहरूको बलियो बासस्थान हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया