शुक्रबार, माघ ९, २०८२

हप्ता दिनमा थप तीन सय डेङ्गु संक्रमित

मेरोन्यूज २०७९ कार्तिक २० गते १९:५३

काठमाडौँ । पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो ।

योसँगै देशभर डेङ्गु संक्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।

प्रतिक्रिया