बुधबार, चैत ४, २०८२

महालक्ष्मी विकास बैंक र कलेजहरु बिच साझेदारी पत्रमा हस्ताक्षर

मेरोन्यूज २०७९ कार्तिक २१ गते ११:३०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइटहाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यो बैंकले हिमालयन ह्वाइटहाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


कलेजका बिद्यार्थीहरुका लागि Internship Opportunity, Job Fair Program, Banking Awareness Program, Guest Lecture Visit लगायत अन्य कार्यक्रमहरुमा अव बैंकले सहकार्य गर्नेछ ।


सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित अर्काे एक विशेष कार्यक्रममाफर्त उक्त कलेजसँग पनि बैंकले सहकार्य गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओली र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राजकार्कीले हस्ताक्षर गरेका छन् ।

यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया