सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिनुभयो । विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
“सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, जोशी भन्नुभयो, “यस क्षेत्रका सम्भाव्यताबारेमा अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।” विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उहाँको भनाइ छ । “सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ”, उहाँले भन्नुभयो, “अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरिएको छ ।” ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताउनुभयो ।
“सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो । आयोजक समितिका सदस्य सचिव एवम् सुदूरपश्चिम विश्व्विद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पु¥याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्र्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी नौ वटै जिल्ला लोक कथा सङ्कलनसमेत गरिरहेको छ ।
















राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया