बुधबार, चैत ४, २०८२

रियलमीको सी ३० सिरिजका फोनहरू सार्वजनिक

मेरोन्यूज २०७९ कार्तिक २२ गते १४:४४

काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो सी सिरिजअन्तर्गत नयाँ रियलमी सी ३०एस सार्वजनिक गरेको छ । इन्डष्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिण्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको यो फोन सुरक्षा र गतिको उत्तम संयोजन हो ।

Advertisement
nepal life insurencenepal life insurence

पाँच हजार एमएएच ब्याट्री क्षमता, र एण्टी–स्लिप डिजाइन भएको रियलमी सी३०एस ऋघण्क ले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

“सस्तो दाममा बेष्ट फिचर भएको स्मार्टफोन चाहनेका लागि यो राम्रो विकल्प हो, रियलमीमा हामी हाम्रा प्रयोगकर्ताका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ,’ लञ्चमा बोल्दै रियलमी नेपालका कण्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमीको सी सिरिज, एन्ट्री–लेभल स्मार्टफोनमा नविनतम प्रविधि उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ, डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो फोन हाम्रा उपभोक्ताले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

यो रियलमीको मुख्य विशेषतामध्ये साइड–फिंगरप्रिन्ट सेन्सर हो । यस सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले स्मार्टफोनलाई मात्र ०.५८ सेकेण्डमा अनलक गर्न सक्षम बनाउँनुको साथै निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र पाँच एमपी सेल्फी क्यामेरा समावेश गरिएको फोनले जीवनका प्रेरणादायी क्षणहरू क्याप्चर गर्न मद्दत गर्छ । यो फोन स्ट्राइप ब्लु र स्ट्राइप ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुनेछ । दुई जिबी प्लस ३२ जिबी फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ र चार जिबी प्लस ६४ जिबीको मूल्य १५ हजार ९९९ रुपैयाँका कायम गरेको छ ।

प्रतिक्रिया