शनिबार, वैशाख १९, २०८३

चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो : क्यानडाका प्रधानमन्त्री

मेरोन्यूज २०७९ कार्तिक २२ गते १५:१८

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले आफ्नो देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

Advertisement
NiccNicc

ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाएका हुन् । क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको ‘गुप्त नेटवर्क’ पहिचान गरेको स्थानीय सञ्चार माध्यमले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो ।

सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाई चीनले समर्थन गरेको अधिकारीले ट्रुडोलाई जानकारी गराएका थिए । अज्ञात गुप्तचर अधिकारीलाई उद्धृत गर्दै स्थानीय प्रसारक ग्लोबल न्युजले रिपोर्ट गरेको हो ।

बेइजिङले उम्मेद्वारलाई रकम प्रदान गरेको थियो । र, चिनियाँ अपरेटिभले धेरै उम्मेद्वारको प्रचार सल्लाहकारको रूपमा काम गरेका थिए । एउटा मामलामा एक लाख ६० हजार युरो ओन्टारियोमा रहेको प्रान्तीय सांसदको कार्यालयमार्फत सहयोग गरिएको थियो ।
 

प्रतिक्रिया