५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता सम्पन्न

काठमाडौँ । हाइड्रो भिलेज प्रा.लि.ले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण आरम्भ गरेको ५७.३ मेगावाटको जलविद्युत आयोजना (आरओआर)मा पाँच बैंकले करिब आठ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच २०७९ कार्तिक २१ गते सोमबार लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मि. प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मे.वा. क्षमता विद्युत उत्पादन गर्ने छ । कूल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्नेछन् ।
सम्झौतामा कम्पनीका तर्फबाट रामेश्वर थापा, नेपाल बैँकका तर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकका तर्फबाट रामकाजी थापा, कृषि विकास बैंकका तर्फबाट सुदिप कुमार दाहाल, कर्मचारी सञ्चय कोषका तर्फबाट ठाकुर जंग थापा र नेपाल एसबिआई बैंकका तर्फबाट मनोज कुमार गौतमले हस्ताक्षर गरेका थिए ।
आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।
यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसीयन कम्पनी आक्वा भेञ्चुरको तथा स्वदेशी लगानीको रुपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभेलपमेन्ट कम्पनी लि. र उर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेल समेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।
ऋण सम्झौताका अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापुर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताए । देशको आर्थिक सम्वृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा यस कन्सोर्टियमले म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको बताए ।
उर्जा डेभलपर्स प्रा.लिका अध्यक्ष विजय बहादुर राजभण्डारीले उर्जाले रणनीतिक साझेदारीमा विश्वास गर्ने र हाइड्रो भिलेजसंगको आवद्धता यहि प्रतिवद्धताको अर्को चरण भएको बताए । उर्जा डेभलपर्सले न्युनतम समय एवं प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरीय कार्य गरी आयोजना सम्पन्न गरिसकिएको स्मरण गर्दै आन्तिरक तथा क्षेत्रीय बजार अध्ययन गरी अगामी दिनमा विभिन्न मोडलका जलाशय र अर्धजलाशययुक्त आयोजना निर्माण गरिने बताए ।
कम्पनीका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रबद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुदाँ आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए । नवीकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिबद्ध रहेको हुँदा आयोजनामा ऋण लगानी गर्ने बैंकहरु तथा लगानीकर्तालाई धन्यवाद दिँदै उनले आयोजनाको निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोजना सम्पन्न भएपछि सुख्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । उत्पादित विद्युत आयोजनाको विद्युत गृहदेखि करिब १७ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको म्याग्दी जिल्लामै निर्माणाधीन १३२–३३ के.भी. डाँडाखेत सबस्टेस्नमा जोडिनेछ ।

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया