लेवान्डोस्की र पिकेलाई रातो कार्ड, बार्सिलोनालाई ५ अंकको अग्रता

काठमाडौं । एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ ।
मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो ।
बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए ।
खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टाे लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । खेल अघि अघिल्लो हप्ता संन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो ।
जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ । रियलले १३ खेलबाट ३२ अंक छ । ओसासुना १४ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया