इरानी र रूसी सुरक्षा अधिकारीबीच युक्रेन सङ्कटबारे छलफल

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उपायका साथै जारी युक्रेन सङ्कट र समस्याबारे पनि विचारविमर्श गरेका इरानी समाचार वेबसाइट नूरले जनाएको छ ।
सचिव शामखानीले युक्रेन–रूस युद्धविराम तथा शान्ति वार्ताको लागि नेतृत्व गर्ने कुनै पनि प्रयासलाई इरानको स्वागत एवम् समर्थन रहने स्पष्ट गर्दै जारी द्वन्द्व अन्त्यका निम्ति सक्रिय भूमिका निर्वाह गर्न तेहरान तयार रहेको बताए । साथै उनले ऊर्जा, यातायात, कृषि, व्यापार, वित्त र वातावरणका क्षेत्रमा इरान र रूसबीचको सहकार्यलाई अझ सुदृढ तुल्याउन आह्वान गरे ।
इरानी अधिकारीले आतङ्कवाद र चरमपन्थीले क्षेत्रीय एवम् विश्वशान्ति– सुरक्षालाई जोखिममा पारेकाले तिनलाई निर्मूल गर्न सघन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग निरन्तररूपमा अघिबढाउनु पर्नेमा जोड दिएका थिए भने रूसीले अधिकारीले रूस र इरानबीच विभिन्न क्षेत्रमा भएका पारस्परिक सहयोगले गति लिएकामा त्यसको प्रशंसा गर्दै दुवै देशका राष्ट्रपतिले द्विपक्षीय वार्ताका साथै सम्बन्ध सुधारलाई उच्च प्राथमिकतामा राखेका नूर न्यूजमा उल्लेख छ ।
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया