विश्वकप खेल्ने स्वीटजरल्यान्डको यी हुन् टोली

काठमाडौं । स्वीटजरल्यान्डले कतार विश्वकप सुरु हुन १० दिन बाँकी रहँदा २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा ग्रानिट जाका र शेर्डन शकिरीलाई समावेश गर्दै टोली घोषणा भएको छ ।
लिभुरपुलका पूर्व प्लेमेकर ३१ वर्षिय शकिरीको यो चौथो विश्वकप हो । म्यानचेस्टर सिटीका म्यानुअल एकान्जी र न्युकासल युनाइटेडमा फावियन सारलाई टोलीमा समावेश गरिएको छ ।
सात खेलाडीले चोथो विश्वकप खेल्दैछन् । स्विटजरल्यान्डले विश्वकपमा पहिलो खेल २४ नोभेम्बरमा क्यामरुनसँग खेल्दै सुरुवात गर्नेछ । समूह जी मा ब्राजिल र सर्वियासमेत छन् ।
स्विटजरल्यान्डको टोलीः
गोलकिपरः ग्रेगोर कोबेल, यान सोमर, योना ओम्लिन, फिलिप कोन
रक्षकः म्यानुएल एकान्जी, एरे कोम्बर्ट, निको एलभेडी, फ्याबियन सार, सिल्भान विड्मर, रिकार्डो रोडरिग्वेज, एड्मिल्सन फर्नान्डेज
मिडफिल्डर : माइकल अबिस्चेर, शेर्डन शकिरी, रेनाटो स्टेफिन, ग्रानिट जाका, डेनिस जकारिया, फ्याबियान फ्रे, रेमो फ्रेउलर, नोआ ओकाफोर, फ्याबियन राइडर, अर्डोन जशारी
स्ट्राइकरः ब्रिल इम्बोलो, रुबेन भर्गास, डिब्रिल सो, ह्यारिस सेफेरोभिच, क्रिस्टियन फास्नचाट
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया