युक्रेनी सहरबाट सेना फिर्ता गर्दै रूस, मस्को समस्यामा रहेको अमेरिकाको दाबी

काठमाडौँ । रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । रूसले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको समाचारमा जनाएको छ ।
रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच रूसको राजधानी मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको छ ।
युक्रेनी अधिकारीले रूसी घोषणाप्रति आशंका जनाएको छ । रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।
उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नाटो)का महासचिव स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणाम स्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसको उक्त निर्णयबाट मस्को समस्यामा रहेको स्पष्ट हुने बताएका छन् । उनले मस्कोको उक्त निर्णयको आफूले पहिले नै अपेक्षा गरेको दाबी गरेका छन् । यस्तै, उनले उक्त निर्णयबाट दुवै पक्षलाई आफ्नो अवस्थाको समीक्षा गर्न बल पुग्ने बताए ।
युक्रेनमाथि रूसले गरेको आक्रमणलाई गम्भिर गल्ती भन्दै उनले त्यसको मूल्य वर्षौंवर्षसम्म राष्ट्रहरूले चुकाउनु पर्ने बताए । उनले युद्धका कारण एक करोड ५० लाखदेखि तीन करोड शरणार्थी बनेका तथा त्यस क्रममा करिब ४० हजार नागरिकको ज्यान गुमाउनु परेको बताएका छन् ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया