ट्वान्दी २० विश्वकपमा भारतको लज्जास्पद हार, फाइनलमा पुग्यो इंग्ल्यान्ड

काठमाडौँ । भारतमाथि सानदार जित निकाल्दै इंग्ल्यान्डले ट्वान्टी २० विश्वकपको फाइनलमा पुगेको छ । इंग्ल्यान्डले भारतमाथि १० विकेटको जित निकालेको हो ।
अब आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानसँग सामना गर्नेछ । हारसँगै ट्वान्टी २० क्रिकेटको नम्बर १ रहेको भारतले लज्जास्पद हार बेहोरेको छ ।
सन् २०१० को च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी २० विश्वकपको फाइनल पुगेको यो तेस्रोपटक हो । पहिले ब्याटिङ गरेको भारतले एक सय ६९ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याटिङ जोडी जस बटलर र एलेक्स हेल्सले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले ट्वान्टी २० विश्वकपकै सबैभन्दा ठूलो साझेदारी गरे ।
इंग्ल्यान्डले बिना कुनै विकेटको क्षति १६ ओभरमा एक सय ७० रन बनाएको हो । उसका लागि जस बटलरले ४९ बलको सामना गरी ८० रन बनाए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै एलेक्स हेल्सले ४७ बलमा ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए ।
त्यसअअघि इंग्ल्यान्डले टस जितेर भारतलाई ब्याटिङका लागि निम्तो दिएको थियो । त्यस क्रममा भारतले ६ विकेटमा एक सय ६८ रन बनाएको थियो ।
















हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया