रोनाल्डोको कप्तानीमा पोर्चुगल टोली घोषणा

काठमाडौं । पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ ।
प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन् ।
३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन् । घाइते भएका लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् ।
समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप खेल्नेछ । यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
पोर्चुगल टोली
गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा
रक्षकः जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा
मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा
स्ट्राइकर– जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया