डिभोर्सको वर्ष दिनपछि रोमान्स गर्दै सामन्था र नागा

काठमाडौँ । साउथ इण्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोगबाट पीडित भइरहेको चर्चा पनि छ ।
सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।
सामन्था र नागाले साउथमा कैयौं हिट फिल्म दिएका छन् । दुवैलाई दर्शकले उत्तिकै मन पराउँछन् । तर, वर्षदिन अघि यो जोडीले डिभोर्स गरेपछि उनीहरूका फ्यान निराश भएका थिए ।
यो जोडी डिभोर्सको एक वर्षपछि पुनः जोडिने भएका छन् । उनीहरूले पुनः विवाह गर्ने नभई व्यवसायिक सहकार्य गर्न लागेका हुन् । एक व्यावसायिक विज्ञापनका लाग उनीहरू रोमान्स गर्न लागेका हुन् ।
नागा र सामन्थाले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसाबे’ जस्ता हिट फिल्ममा सहकार्य गरिसकेका छन् । कफी विथ करणमा केही महिनाअघि सामन्थाले नागाका बारेमा आफ्नो कुनै भावना नआए पनि भविष्यमा सहकार्य गर्नु परे आफू तयार रहेको बताएकी थिइन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया