डिभोर्सको वर्ष दिनपछि रोमान्स गर्दै सामन्था र नागा

काठमाडौँ । साउथ इण्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोगबाट पीडित भइरहेको चर्चा पनि छ ।
सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।
सामन्था र नागाले साउथमा कैयौं हिट फिल्म दिएका छन् । दुवैलाई दर्शकले उत्तिकै मन पराउँछन् । तर, वर्षदिन अघि यो जोडीले डिभोर्स गरेपछि उनीहरूका फ्यान निराश भएका थिए ।
यो जोडी डिभोर्सको एक वर्षपछि पुनः जोडिने भएका छन् । उनीहरूले पुनः विवाह गर्ने नभई व्यवसायिक सहकार्य गर्न लागेका हुन् । एक व्यावसायिक विज्ञापनका लाग उनीहरू रोमान्स गर्न लागेका हुन् ।
नागा र सामन्थाले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसाबे’ जस्ता हिट फिल्ममा सहकार्य गरिसकेका छन् । कफी विथ करणमा केही महिनाअघि सामन्थाले नागाका बारेमा आफ्नो कुनै भावना नआए पनि भविष्यमा सहकार्य गर्नु परे आफू तयार रहेको बताएकी थिइन् ।









चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया