एकदिवसीय शृङ्खला : नेपाल यूएईसँग खेल्दै
मेरोन्यूज
२०७९ कार्तिक २८ गते ८:३९
काठमाडौं । घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईसँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । युएईले नेपालसँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।
नेपालका लागि कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपालमाथि यूएई हाबी देखिएको छ । यूएईले नेपालसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने एक खेलमा मात्र जित निकालेको छ ।

सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया