ब्राउन सुगरसहित दुईजना पक्राउ
मेरोन्यूज
२०७९ कार्तिक २८ गते ११:२९

सिरहा। सिरहामा प्रतिबन्धित लागुपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागु पदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेकाबेला ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २९ हजार नगद सहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिरहाबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया