तालिबान नेताले न्यायाधीशलाई भने शारिया कानुनअनुसार सजाय तोक्नू

काबुल । तालिबान नेता हैबतुल्लाह अखुन्दजादाले अफगान न्यायाधीशहरूलाई निश्चित अपराधका लागि सार्वजनिक स्थानमा झुन्डाउनेदेखि ढुंगाले हिर्काउने जस्ता सजाय तोक्न आदेश दिएका छन् । डकैती, अपहरण र देशद्रोह जस्ता अपराधहरूलाई इस्लामिक शरिया कानूनको व्याख्याअनुसार सजाय दिनुपर्ने अखुन्दजादाका प्रवक्ताले बताएका छन् ।
न्यायाधीशहरूले अपराधीहरूलाई शरिया अनुसार सजाय दिनुपर्ने तालिबानका सर्वोच्च नेताको भनाई छ । तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै मुल्ला अखुन्दजादाले न्यायाधीशहरूको समूहलाई भेटेपछि “अनिवार्य“ आदेश आएको बताए ।
“चोरहरू, अपहरणकर्ताहरू र देशद्रोह गर्नेहरूको फाइलहरू ध्यानपूर्वक जाँच गर्नुहोस्,“ मुजाहिदले अखुन्दजादालाई उद्धृत गर्दै भने ।
सन् १९९० को दशकमा शक्तिमा हुँदा सार्वजनिक रुपमा मृत्युदण्डलगायत क्रुर सजायका लागि तालिबान आलोचित बनेको थियो । १५ महिनाअघि सत्तापलट गरेपछि तालिबानले नरम ढंगले शासन गर्ने प्रतिबद्धता जनाएका थिए । तर सत्तारोहणपछि तालिबानका लडाकुले निरन्तर ढंगले दमन गरिरहेका छन् । महिला अधिकारमा अंकुश लगाइएको छ ।एजेन्सी
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया