कैलाली २ का उम्मेदवार बडुवाल भन्छन् – भौतिक पूर्वाधार निर्माणमा जोड दिन्छु

नेकपा माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर-२ मा केन्द्रीय सदस्य, संविधान सभाका पूर्व सभासद् भगत बडुवाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठेका छन् । उनलाई सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको समर्थन छ । क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी बडुवाल यसपटक फेरी चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्छन् । बडुवालसँग गरिएको कुराकानी :
घरदैलोमा निरन्तर दौडिरहनु भएको छ । माहोल कस्तो पाउनु भयो ? मतदाताहरुमा कस्तो उत्साह भेटिन्छ ?
हामी निरन्तर घर दैलोमा छौं । कोणसभा, र्यालीहरु गरिरहेका छौं । माहोल त सकारात्मक छ । राम्रो छ । चुनावबारे सबैतिर चासो छ । तर, मतदाताहरुमा त्यति उत्साह पाइदैन । ०६४ सालमा पनि तपाईं यस क्षेत्रबाट संविधान सभा सदस्य बन्नुभयो । अहिले फेरी प्रतिस्पर्धामा हुनुहुन्छ ।
तपाईंका एजेन्डा, प्रतिबद्धताहरु के-के छन् ?
०६४ सालमा संविधान सभाको पहिलो चुनावमा संविधान निर्माणका निम्ति चुनावमा गएका थियौं । त्यो बेलाको मूल एजेन्डा भनेको संविधान निर्माण थियो । संघीय संरचनाको निर्माणको मुद्धा थियो । हामी त्यसमा केन्द्रीत थियौं । यसपालीको चुनावको दृश्य अलि फरक छ । भौतिक पूर्वाधार निर्माणलाई बढी जोड दिनु पर्नेछ ।
सडक सञ्जालबाट हरेक बस्तीहरुलाई जोड्ने, विद्युतीकरणबाट हरेक बस्तीहरुलाई जोड्ने, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा सुविधा दिने हाम्रो योजना छ । समग्र विकास, उन्नति र प्रगति र समाजको रुपान्तरण नै हाम्रो एजेन्डा हो ।
यस्तै कानुनमा रहेका त्रुटीहरुलाई कानुनी विधिबाट सच्चाउनु छ । शैक्षिक बेरोजगारीलाई न्युनिकरण गरेर स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नतिर हामी ध्यान दिनेछौं । वौद्धिक पलायनलाई रोक्नु हाम्रो मुख्य चुनौती हो ।
यो क्षेत्रमा आधारभुत पूर्वाधारहरुको अभाव छ । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हिजो मेरै पालामा पनि रानीजमरा कुलरिया सिचाई आयोजनाको सुरुवात भएको थियो । हाम्रो पालामा सुरुवात गरिए पनि द्रुत गतिमा अगाडि बढ्न सकेन । पूरा गर्नुपर्ने काम अहिलेसम्म अधुरा छन् । हाम्रो पालामा सुरुवात गरेको सेती लोकमार्ग जुन त्रिदेशीय राजमार्ग भनेका छौं ।
त्यो पनि बन्न बाँकी छ । कर्णाली सेरोफेरोमा २,३ वटा पुल बनिसकेका छन् । वारिबाट त्यहासम्म पुग्न सक्ने पहुचमार्ग बनेको छैन । बाबुराम भट्टराई अर्थमन्त्री रहँदा पहिलो बजेटिङ गरेर काम अगाडि बढाइएका कामहरु ८ वर्ष पुगिसक्दा जुन रफ्तारमा अघि बढ्नु पर्ने हो । काम भएका छैनन् । चिसापानी-सोल्टा भएर हामीले खिमडी जोड्ने बाटो चुरेफेदि हुदै फेदैफेद र त्यसभन्दा माथि कृषि सडक लैजानुपर्ने छ । चुरे जोगाउदै मार्गहरु बनाउनु पर्नेछ ।
नेताहरु चुनाव जितेर गइसकेपछि फर्केर आउदैनन् भन्ने गुनासो बढी सुनिन्छ । तपाईं जनताको घर दैलोमा फर्केर त आउनु हुन्छ नि ?
निर्वाचित भएका प्रतिनिधिहरुका सन्देशहरु गाउँगाउँमा पुग्नुपर्छ । त्यो सन्देश भनेको पूर्वाधार विकास र हरेक क्षेत्रका सुविधाहरुको विकास जनतासँग जोडियो कि जोडिएन भन्ने कुराहरुबाट मापन गरिन्छ । कतिपय अवस्थामा चुनावताका पनि पुग्न सकिने अवस्था छैन । सबैको घर दैलोमा पुग्न सकौंला, नसकौंला तर, जनताका बीचमा जानुपर्छ ।
हाम्रा समस्याको प्रतिनिधित्व तपाइले गर्नुपर्छ भनेर हामीलाई जिताएर पठाइएको हो । त्यसैले जनताका समस्याहरुको प्रतिनिधित्व हामीले सक्छौं कि, सक्दैनौं सबैभन्दा ठूलो कुरा हो ।
निर्वाचन क्षेत्रका आफ्ना मतदातालाई के सन्देश छ ?
उम्मेदवारहरु जनताको घर दैलोमा पुग्दैनन् भन्ने गुनासो सुनिन्छ । निर्वाचन क्षेत्र निकै ठूलो छ । सके सम्म हरेकको घर दैलोमा जाने सोच भएपनि भ्याइदैन । कमसेकम पनि जनतामा हाम्रा नासोहरु खासगरि जनताले गरेका अपेक्षाहरु पुग्नुपर्छ । हामीले आफैलाई भेटेको महसुस जनतालाई दिन सक्यौं भनेपनि त्यो धेरै ठूलो कुुरा हो ।
खासगरि तराईक्षेत्रका जनताहरुलाई तटबन्धनका समस्याहरु, खोलानालाको कटानका समस्याहरु छन् । त्यस्तै, कृषि, ग्रामीण सडकहरुलाई पिच गर्नुपर्ने चुनौती छन् । जनताहरुलाई मल, बीउबिजनका समस्याहरु छन् । यी समस्यालाई समाधान गर्न सहज अनुदानमा वितरण गर्न सक्ने खाद्य प्रविधिलाई भित्र्याउन सक्यौ भने केही समस्या हल गर्न सकिने कुराहरु छन् ।
यी सबै जनगुनासा र समस्यालाई हामीले भेटघाटको क्रममा पनि टिपोट गरेका छौँ । यीनै समस्या हल गर्नका लागि र जनताको सेवा गर्नकै लागि हामी प्रतिनिधि बनेर जाने हो । समस्यालाई हल गर्ने हाम्रो कर्तव्य हो । त्यसैले यहाँ सबैसँग प्रत्यक्ष भलाकुसारी हुन नसकेपनि यही विचारको सन्देश मार्फत् आम मतदातासँग सहयोगको अपेक्षा राख्दछु ।

















आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया