चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, उम्मेदवारले पनि उपहार पाउने

काठमाडौँ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ ।
अफरअन्तर्त निर्वाचनमा भाग लिन जाने मतदातामध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्ने छन् । साथै ती मतदाताले भोट दिएका तीन जना उमेदवारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।
मतदाताले भोट दिएका उम्मेदवारले निर्वाचनमा विजयी वा हार बेहोरे पनि उपहार प्राप्त हुने छ । अफरबाट विजयी मतदाताले आफूले मत दिएको उम्मेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उम्मेदवारको विवरण भने गोप्य राखिने छ । विजेताको चयन बससेवाको अािधकारिक फेशबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिनेछ ।
मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ।’
यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सक्ने छन् ।
यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिन

















चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया