जसपा : पुरानै हैसियतमा अडिने प्रयास

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको संर्घषमा सत्ता गठबन्धनसँगै साथ रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) अन्तिम अवस्थामा गठबन्धनभित्र टिकट भागबन्डामा कुरा नमिलेपछि एमालेसँग चुनावी तालमेल गर्न पुग्यो ।
जसपाले एमालेसँग प्रदेश १ का मोरङ र सुनसरी‚ मधेश प्रदेशका आठ जिल्ला‚ लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम‚ रुपन्देही र कपिलवस्तु साथै सुदूरपश्चिम प्रदेशको कैलालीमा चुनावी तालमेल गरेको छ ।
तालमेल अनुसार, यी जिल्लाहरुमा प्रतिनिधि सभामा एमालले ३५ र जसपाले १७ सीट प्राप्त गरेको छ । यस्तै‚ प्रदेश सभामा एमालेले ७० र जसपाले ४२ सीट पाएको छ । एमालेसँगकै गठबन्धनका आधारमा जसपाले यसपटकको निर्वाचनमा प्रदेश र केन्द्रमा आफनो पोजिसन कम्तीमा पूरानैमा अडिने गरी जाने रणनीति बनाएको छ ।
मधेस प्रदेशमा आफनो नेतृत्वमा प्रदेश सरकार, केन्द्रमा अहिले रहेकै कम्तीमा पोजिसनमा रहने उसको लक्ष्य छ । ‘हामी ०७४ को पोजिसनमै रहने गरी आफनो चुनावी रणनीतिमा छौं,’ जसपाका एक नेताले भने,‘अझ सक्दा एकीकृत समाजवादीसम्मलाई पछाडी पारेर हामी कांग्रेस, एमाले र माओवादी पछिको निर्णायक चौथो दल बन्ने हाम्रो रणनीति छ ।’
जसपाले प्रत्यक्षमा कम्तीमा १४ देखि १७ सिटमा जित्ने रणनीति बनाएको छ । त्यस्तै समानुपातिकमा १० देखि १४ सिटको लक्ष्य यसपटक उसले बनाएको छ । जसपाले पार्टीका नेताहरु अध्यक्ष उपेन्द्र यादव, अशोक राई, मोहम्हद इस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु सहज जित निकाल्ने बताएको छ ।
तर जसपाका अध्यक्ष यादवलाई नै यसपटक आफनो निर्वाचन क्षेत्रमा चुनाव जित्न सकस छ । जनमत पार्टीका अध्यक्ष सिके राउन र सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाशका कारण पनि यादवलाई यसपटक चुनाव सजिलो छैन । प्रमुख दलका मुख्य नेता कोहि अहिलेको चुनावमा असुरक्षित छन भने त्यो नेता उपेन्द्र यादव नै रहेको अहिले राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।
यस्तो बेला जसपाले गरेको आंकलन अनुसारको नतिजा उसको आउँछ/आउँदैन निर्वाचन र निर्वाचन परिणाम पर्खनुपर्ने अवस्था छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया