नेपाल बैंकद्वारा किसनलाल दुगड सम्मानित

काठमाडौँ । के एल दुगड समूहका अध्यक्ष किसन लाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औँ वार्षिकोत्सवमा सम्मान गरेको छ । बैंकले किसन लाल दुगड आफ्नो सम्मनित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापना कालदेखि साझेदारका रुपमा रहेको बताउँदै चिर कालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।
मुलुकमा आर्थिक कारोबारलाई प्रबर्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपुर्ती प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलाप सुरु गर्दै उद्यमशिलताको वृद्धि गर्ने कार्यमा दुगडले योगदान पुर्याएको भन्दै नेपाल बैंकले गर्व महसुस गरेको प्रमाण पत्रमा उल्लेख छ । दुगडलाई बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मान पत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा सम्मान ग्रहण गर्दै दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको, सन १९६० मा नेपाल बैंकमार्फत एलसी खोलेर समान निर्यात गरेको, सन १९८१ मा एउटै एलसीमार्फत बैंककै इंतिहासमा ठूलो एलसीमार्फत चामल बङालादेश निर्यात गरेको कुरा स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगत्ति शुभकामना दिएका थिए ।

















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया