ब्रुनाको चम्किदा पोर्चुगलको सहज जित

काठमाडौं । ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् ।
यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ । बेन्फिकाका १९ वर्षिय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए । खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए । ३५औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।
प्रशिक्षक फर्नान्डो सान्तोषले दोस्रो हाफमा ६ खेलाडी परिवर्तन गरेका थिए । रामोसले ८२औं मिनेटमा तेस्रो गोल गरेका थिए । ४५ हजार दर्शकमाझ मारियोले ८४औं मिनेटमा चौथो गोल गरेका थिए ।
पोर्चुगल विश्वकपको समूह एच मा छ । जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया