आइएमई पेको हवाई यात्रा, भाग्यशालीलाई एक रुपैयाँमै टिकट
मेरोन्यूज
२०७९ मंसिर २ गते १४:३८

काठमाडौँ । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पेले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको
छ ।
अफरअनुसार आइएमई पे एपमार्फत हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा टिकट प्राप्त गर्न सक्ने छन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कूल रकम (फुल प्राइस)मै खरिद गर्नु पर्ने हुन्छ ।
यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले एक रुपैयाँबाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने छन् ।
आम निर्वाचनमा मतदातालाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ यस्तो अफर सार्वजनिक गरिएको हो । अफर कार्तिक ३० देखि मंसिर ९ गतेसम्म जम्मा १० दिनसम्म कायम हुनेछ ।
सम्बन्धित
















आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया